BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

मकवानपुर । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा काम गर्ने गरी “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो ।

निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्नेछ निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको वेबसाइटमा रहेको दर्खास्त फारम भरी निर्देशनालय सहित प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय