BREAKING
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना | फट्टे पुल निर्माणको बाटो खुल्दै, मन्त्री तामाङसहितको टोलीद्वारा स्थलगत अनुगमन | सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम | “ आगामी चुनावमा उम्मेदवार बन्न कसैले रोक्न सक्दैन, चुनावमा अवश्य उत्रिन्छु : निमा ग्याल्जेन शेर्पा” | हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी | पर्यटकिय स्थल आमायाङ्री जान ग्रेट ट्रेल निर्माणको तयारी, प्रदेश सरकारले बहुवर्षीय स्रोत सुनिश्चित गर्ने | बागमती प्रदेशका मन्त्रीहरु द्धारा छाप भञ्ज्याङ–फट्केश्वर सडकको अनुगमन | कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा | एनपीएलमा पाँचौं हारसँगै कर्णाली याक्स बाहिरियो | चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायिक समितिको सडक नाटक |

सिन्धुपाल्चाेक । सुनकोशी गाँउपालिका वडा न ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले सुनकोशी गाँउपालिका भित्रका आर्थिक अबस्था न्यून भएका बिरामिहरूलाई अस्पताल सम्म लैजाने र ल्याउने गरिरहेको छ ।

पुर्व स्वस्थ्य मन्त्री मोहन बहादुर बस्नेतको पहिला जनता बचाउ अनि राजनिति गरौंला भन्ने मुल नारालाई आत्मसात गर्दै बस्नेतकै निर्देशनमा सुनकोशी गाउपालिका वडा न ५  बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था द्वारा संचालित एम्बुलेन्सबाट बिरामिलाई नि:शुल्क सेवा दिदै आएको संस्थाका अध्यक्ष कुमार बस्नेतले बताए । सुनकोशीकै धार्मिक तथा पर्यटकिय आस्था बोकेको ऐतिहासिक बर्दानेश्वर महादेब मन्दिर २०७२ सालको भुकम्पले भत्काएको थियो ।

 २०७४को चुनाव पछि तत्कालीन सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)को पहलमा ५ लाख बजेट बिनियोजित भई पुनर्निर्माण गरि २०७७ पुस १८ गते  पुर्ब स्वस्थ मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेका थिए।

मन्दिर संरक्षण संस्थाले २०८० चैतमा धार्मिक महोत्सव तथा श्रीमत् भागवत सप्ताह ज्ञान महा यज्ञ लगाई सहयोगी दाताहरू सँग ७ लाख ७१ हजार रूपैया समेत उठाएको थियो। धार्मिक महाेत्सव तथा सप्ताहमा भएको खर्च कटाएर बचेको रकमले २०८१ भदौबाट एम्बुलेन्स संचालनमा ल्याएको हो।

आर्थिक अबस्था कम भएका सुनकोशी २ का राजु बराललाई ठोकर्पाबाट काठमाडौं, सुनकोशी १ का पदम पहरिका छोरा यादेस पहरिलाई ठोकर्पा बाट धुलिखेल अस्पताल, सुनकोशी ३ कालिकाका डिल बहादुर सार्कीलाई ठोकर्पा आधारभुत अस्पतालबाट धुलिखेल गरि सुनकोशीका सतैवडाबाट १० जना बिरामिलाई नि:शुल्क अस्पताल पुर्याएकाे संस्थाका अध्यक्ष बस्नेतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय