BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुकाेट । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ५ स्थित गोलपुले टोलमा गएराति गएको पहिरोले करिव १० लाख बराबरको क्षति गरेको छ ।

राति करिव १ बजे गएको पहिरोले सुकुमान सार्किको एक वटा लैनो भैसि, गाइको बाछो, सुभान सार्किको एउटा बाख्राको पहिरोमा पुरिएर मृत्यु भएको स्थानियले जानकारी दिए ।

पहिरोले ३ वटा गोठ र २ वटा घरमा क्षति पुगेको वडा अध्यक्ष राजु रायमाझीले बताए । पहिरोमा पुरिएका सामाग्री तथा वस्तुभाउको वडा अध्यक्ष लगायत जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको उपस्थितिमा उद्दार गरिएको छ ।

पहिराे बाट प्रभावितकाे लागि तत्कालै १ सेट सामानकाे व्यवस्था नगरपालिकाले मिलाउने नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष रायमाझीले जानकारी दिए । ‘सुरक्षित ठाउँ पाए प्रभावित आफै सुरक्षित ठाउँमा बस्नुहुन्छ, नपाएमा वडा कार्यालय नजिकैकाे भवनमा हामी व्यवस्थापन गर्छाैँ’, रायमाझीले भने ।

पहिराे राेकथामकाे लागि वडा कार्यालयले जनशक्ति व्यवस्थापन गरेकाे बताइएकाे छ । नगरपालिका बाट उपप्रमुखकाे नेतृत्वमा साे पहिराे गएकाे ठाउँमा अनुगमन भएकाे छ । पहिरोको क्षति निरीक्षण पश्चात मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जोखिममा नबस्न र सचेत हुन समेत आग्रह गरिन । बस्तीको तल माथीनै पहिरो गएकाले झनै जोखिम रहेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय