BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक–२ का उम्मेदवार वंशलाल तामाङले हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई “अर्गानिक भ्याली” का रूपमा विकास गर्ने योजना अघि सारेका छन्।
सोमबार मेलम्ची नगरपालिका भित्रका युवासँगको कार्यक्रममा बोल्दै तामाङले विकट गाउँहरूलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । हेलम्बु र पाँचपोखरीमा अर्गानिक कृषि, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो ।
आफू निर्वाचित भए यी दुई गाउँपालिकालाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पाँच वर्षभित्र बृहत् योजना बनाएर क्षेत्र नं. २ लाई विकसित बनाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय