BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

 

पाँचपोखरी थाङपाल गाउँपालिका मा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । साथै आयोगका सदस्य विपिनराज निरौला लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न
कार्यक्रममा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्राकृतिक स्रोतको दिगो उपयोग, रोयल्टी बाँडफाँटको विधि तथा त्यसको स्थानीय तहमा उपयोग गर्ने तरिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले स्थानिय तहले गर्ने काम,कारबाहिका बारेमा जानकारी गराउनुभयो । सहभागीहरूलाई स्थानीय तहको योजना निर्माण प्रक्रियालाई अझ वैज्ञानिक, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक सीप तथा ज्ञान प्रदान गरिएको गुरुङले बताउनुभयो ।

122-1774536533.jpg
प्रमुख अतिथि गुरुङले प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँट गरी स्थानीय विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहहरूलाई संघीयताको मर्मअनुसार स्रोत परिचालन र योजना कार्यान्वयनमा थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष लामाले यस्ता प्रशिक्षण कार्यक्रमले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले प्राप्त स्रोतको सदुपयोग गर्दै दिगो विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमले स्थानीय तहमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउने अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रममा पालिकाका प्रशासकिय अधिकृत रामप्रसाद न्यौपानेले पालिकाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले स्वागत मन्तव्य राख्नुभयो भने वडा अध्यक्ष,जनप्रतिनिधि,शाखा प्रमुख लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय