BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘जेरो लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक जिल्लामा क्रिकेट खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले हेलम्बु गाउँपालिकाको सहकार्यमा ‘जेरो लेभल अम्पायर्स एण्ड स्कोरर्स कोर्ष’ तथा ‘जेरो लेभल कोचिङ कोर्ष’ सञ्चालन गर्ने भएको छ ।
क्रिकेट खेलको दिगो विकासका लागि दक्ष खेलाडी मात्र नभई गुणस्तरीय प्रशिक्षक, अम्पायर र स्कोररको आवश्यकता महसुस गर्दै जिल्लामै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ तालिम आयोजना गर्न लागिएको हो ।
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालका अनुसार असार ४ र ५ गते ‘जेरो लेभल अम्पायर्स एण्ड स्कोरर्स कोर्ष’ तथा असार ६ र ७ गते ‘जेरो लेभल कोचिङ कोर्ष’ सञ्चालन गरिनेछ । तालिम हेलम्बु गाउँपालिकाको आयोजनामा तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष धितालले पछिल्ला वर्षहरूमा सिन्धुपाल्चोकमा क्रिकेटप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताउँदै खेलाडी उत्पादनसँगै प्रशिक्षक, अम्पायर तथा स्कोरर तयार गर्नु समयको आवश्यकता भएको उल्लेख गर्नुभयो। जिल्लामा क्रिकेट गतिविधि विस्तार हुँदै जाँदा प्राविधिक जनशक्तिको अभाव महसुस भइरहेको छ। यही आवश्यकतालाई सम्बोधन गर्न यो तालिम महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले ग्रामीण क्षेत्रमा समेत क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खेलकुदमार्फत अनुशासित, सक्षम र सकारात्मक युवाशक्ति निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । क्रिकेटको दिगो विकासका लागि पूर्वाधार निर्माणसँगै दक्ष प्रशिक्षक, अम्पायर र स्कोरर उत्पादन आवश्यक रहेको भन्दै उहाँले यो तालिमले हेलम्बुसहित समग्र सिन्धुपाल्चोकको क्रिकेट विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले स्थानीय तह र खेल संघबीचको सहकार्यले खेलकुद क्षेत्रलाई थप सशक्त बनाउने बताउँदै भविष्यमा पनि क्रिकेटसहित विभिन्न खेलको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
तालिमबाट क्रिकेट खेल सञ्चालन, खेल नियमको व्यावहारिक ज्ञान, स्कोरिङ प्रणाली तथा प्रशिक्षणसम्बन्धी आधारभूत सीप विकास हुने विश्वास गरिएको छ । साथै यसले जिल्लाबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिन सक्ने दक्ष प्रशिक्षक, अम्पायर र स्कोरर उत्पादन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको क्रिकेट संघ सिन्धुपाल्चोकका सचिव अजय धितालले जानकारी दिनुभयो
संघका अनुसार तालिममा सहभागी हुन इच्छुक सिन्धुपाल्चोक जिल्लावासीले असार १ गतेभित्र सम्पर्क गर्न सक्नेछन्। क्रिकेट खेलाडीलाई विशेष प्राथमिकता दिइने खेलकुद विकास समिति हेलम्बुका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।

क्रिकेटलाई जिल्लाको लोकप्रिय खेलका रूपमा स्थापित गर्ने अभियानअन्तर्गत संघले विभिन्न क्रिकेट प्रतियोगिता, विद्यालय तथा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम, प्रतिभा पहिचान तथा खेलाडी विकासका गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि क्रिकेटको समग्र विकासका लागि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष धितालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय