BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

मेलम्ची । भोटेकोसी नदीले सतर्कता तह पार गरेको छ । सिन्धुपालचोकस्थित भोटेकोसी नदी, बाह्रविसे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

इन्द्रावती यांग्री नदीमा पनि बाढी आएको छ । जल मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र थप बढ्नसक्ने सम्भावना रहेको विभागले बताएको छ । तल्लो नदी तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सावधानी अपनाउन विभागले सचेत गराएको छ ।

पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे चिन्डे जतन झोलुङ्गे पुल इन्द्रावती नदिमा आएकाे बाढिले बगाएको छ । लार्के खोलामा गए राती आएको बाढीले मेलम्ची भोताङ सडक ठाँउ-ठाँउमा बगाएको छ । तटिय क्षेत्रको खेती योग्य जमिन बगाएको छ । चिनियापुल, माझीरुम्टी, तीपेनी, खस्रेबलुवा र खाल्डेखोला जस्ता बस्ती बजार पूर्ण जोखिममा रहेको छ भने तीपेनीको ड्याम र अस्पताल जोखिममा रहेकाे बताइएकाे छ ।

अरनिको राजमार्ग अर्थात बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोला मा रहेको बेलिबृज बाढिले बगाएको छ । अरनिको राजमार्ग ठप्प हुँदा आवतजावतमा कठिनाइ भएकाे छ ।

त्यस्तै मेलम्चीमा नव निर्मित बसपार्क, खेलमैदान र निर्माणाधिन कभर्डहल उच्च जोखिममा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय