BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

नवलपुर । इन्द्रावती गाउँपालिका ४ स्थित टाकुरेमा आगलागी भएकाे छ । इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घर र कुखुराकाे टहरामा आगलागी भएकाे हाे ।

आगलागीका कारण अनुमानीत २३ लाख २७ हजार बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक कुमार चाैलागाईँले जानकारी दिए ।

कुखुराकाे टहरामा भएकाे ग्याँस बुडर बाट आगाे सल्किएकाे अनुमान प्रहरीकाे छ । प्रहरी हाल घटनास्थलकाे निरिक्षण र अनुसन्धानमा जुटेकाे छ । ‘बिहान अन्दाजि ५ बजे घर संगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित ४ काेठाकाे घर जलेर नश्ट भएकाे छ’, चाैलागाईँले भने ।

आगलागी बाट १ हजार कुखुरा सहितकाे टहराे जलेर नश्ट भएकाे छ । त्यस्तै ४ काेठाकाे घर र घरमा रहेका सामानहरू जलेकाे उनले जानकारी दिए ।

मेलम्चीबाट आएकाे ससस्त्र प्रहरीकाे टाेलि, ईलाका प्रहरी कार्यालय नवलपुरकाे टाेलि र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा लिई बाँकि सामान निकालिएकाे बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय