BREAKING
 (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई |

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार समीर श्रेष्ठ ‘युगिन’ यतिबेला व्यापक घरदैलो अभियानमा सक्रिय छन्। फागुन ४ गतेदेखि सुरु गरिएको अभियान विभिन्न स्थानीय तहका बस्ती–बस्तीमा पुगेर सम्पन्न भइरहेको छ।
अभियान अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाका तौथली, पिस्कर, लाटु, धुस्कुन, घोरथली र गौरीगाउँ, बाह्रबिसे नगरपालिकाका कर्थली, धार्पा, मान्द्रा, यार्सा, कसेरी, बालुवा, गाती र घिप्चे, भोटेकोशी गाउँपालिकाका कोदारी, लिस्ती, चाकु र साउखानी, जुगल गाउँपालिकाका गोल्चे, लिदी, पागार्पु, गुम्बा र यालाकोट, बलेफी गाउँपालिकाका बिम्जेल र धुस्कोट, सुनकोशी गाउँपालिकाका ठोकर्पा, साथै लिसंखुपाखर गाउँपालिकाका पाखर, लिसंखु, ठूलोधादिङ र पेटकु क्षेत्रमा घरदैलो, भेटघाट, कोणसभा तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भइसकेको अभियान टोलीले जनाएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार श्रेष्ठले जनताको बस्ती–बस्तीमा पुगेर जीवनस्तर, रोजगारी, विकास निर्माण र सेवा प्रवाहसँग सम्बन्धित समस्या प्रत्यक्ष रूपमा सुन्ने र ती मुद्दालाई आफ्नो राजनीतिक एजेन्डासँग जोड्ने योजना रहेको बताए। “जनताको वास्तविक समस्या बुझेर त्यसको समाधानका लागि स्पष्ट योजना ल्याउने हाम्रो लक्ष्य हो,” श्रेष्ठले भने।
अभियानका क्रममा पुराना राजनीतिक दलप्रति मतदातामा निराशा बढ्दो देखिएको उनले दाबी गरे। नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी लगायत स्थापित दलहरूप्रति जनता वाक्कदिक्क भइसकेको प्रतिक्रिया आफूले पाएको श्रेष्ठको भनाइ छ।
“जनतामा परिवर्तनको चाहना स्पष्ट देखिन्छ। उनीहरू नयाँ विकल्पको खोजीमा छन्,” उनले भने, “नयाँ वैकल्पिक शक्ति छान्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई पनि जनताले गहिरो रूपमा बुझ्न थालेका छन्।” जनताको उत्साह र समर्थन देखिएपछि आफू थप उत्साहित भएको श्रेष्ठले बताए।
यद्यपि नयाँ नाममा आएका सबै दलप्रति मतदाता सचेत रहेको र उनीहरू विकल्पबारे अध्ययन तथा मूल्यांकन गरिरहेको अवस्था देखिएको पनि उनले उल्लेख गरे।
घरदैलो अभियान आगामी दिनहरूमा जिल्लाका अन्य बस्तीहरूमा समेत निरन्तर जारी रहने अभियान टोलीले जनाएको छ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय