BREAKING
प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी | स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्न प्रदेश सरकार लागि परेको छ : मन्त्री थापा | स्वास्थ्य सेवा सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध” : थापा मगर | मेलम्चीमा राष्ट्रपती रनिङ शिल्ड सुरु, खेलमार्फत सिकाइ र अनुशासनमा जोड | शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण |

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन्।

पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए।

“नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उनले भने।

सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नु पर्नेमा जोड दिए। “वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ, जनताले गर्न सक्नेगरी जिम्मेवारी दिएका छन्, हामीले इमानदारीपूर्वक काम गरेर देखाउनुपर्छ”, उनले भने।

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरे।

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिकालगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय