BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

“स्थानीय स्राेतकाे उपयाेग,स्वामित्व र सहभागीता -पूर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिका शाेमवारबाट पूर्ण खाेप सुनिश्चितता र दिगाेपना घाेषणा भएकाे छ ।

मेलम्ची नगरपालिका भित्रका १६ महिना देखि  ५९  महिना सम्मका बालबालिकाहरुले  सम्पूर्ण  खाेप पूरा गरेका छन् । नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र ५३४ जना बालबालिकाहरुले पूर्ण खाेप प्राप्त गरेका छन् । कार्यक्रममा  पुर्ण खाेप घाेषणा एवम प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएकाे छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

मेलम्ची नगरपालिकाका सम्पुर्ण वडाहरूलाई पुर्ण खाेज सुनिश्चित घाेषणा गर्ने क्रममा १३ वटै वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाहरूले राष्ट्रिय खाेप तालिका अनुसार पुर्ण खाेप लगाएकाे सुनिश्चित गरि आज पुर्ण खाेप सुनिश्चित क्षेत्रकाे रूपमा घाेषणा गरिएकाे जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिइन ।

सबै बालबालिकाहरूलाई राष्ट्रिय खाेप तालिका अनुसारका खाेपहरू उपलब्ध गराई खाेपबाट बचाउन सकिने राेगकाे राेग लाग्ने दर, अपाङ्गता दर र मृत्युदरमा कमि ल्याउनु याे कार्यक्रमकाे लक्ष्य रहेकाे छ । मेलम्ची नगरपालिका भित्र १६ देखि ५९ महिना सम्मका कुनै पनि बालबालिका कुनै पनि खाेप बाट अब बन्चित नभएकाे सिनियर अहेव ज्ञानेन्द्र सिग्देलले जानकारी दिए । ‘याे बर्षकाे लागि घाेषणा गरियाे । आगामी दिनमा पनि गर्दै जानू छ’, सिग्देलले भने ।

पेटमा बच्चा बसेदेखि यस्ताे खाना खानुपर्छ भनेर स्वयमसेविकाहरूले सचेतना दिने गरेकाे नगरपालिकाले जनाएकाे छ । यसरी खाेप लगाउनुपर्छ भन्ने सचेतना जगाउने काम समेत स्वयमसेविकाले गर्ने गरेका छन । स्वास्थ्य स्वयमसेविकाहरूले सुत्केरी परिक्षण गर्नुका साथै पहिलाे डाक्टरकाे रूपमा रहने गरेका छन ।

कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले पूर्ण खाेप सुनिश्चितता र दिगाेपना घाेषणा गर्न सहयाेग पुराउने स्वास्थ्यकर्मी, स्वयम् सेविका लगायत सराेकारवाला सबैमा धन्यवाद व्यक्त गरे । घोषणा गर्ने मात्र नभएर यस्लाइ दिगोपना दिनको लागी नगरपालिकाले खेल्नुपर्ने भुमिकामा कमि नरहने प्रमुख तामाङले बताएका छन ।

कार्यक्रममा बाेल्दै उपप्रमुख उमा प्रधानले स्वास्थ्य स्वयम् सेविकाहरु, कार्यरत स्वस्थ्यकर्मीहरुकाे अथक प्रयासबाट  आज नगरपालिका पुर्ण खाेप सुनिस्चितता घाेषणा गर्न सफल भएकाे बताइन । विगतका दिनमा भन्दा हाल मातृमृत्यूदर र बालमृत्युदर घटेकाे प्रधानले जानकारी दिइन ।

मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर किरण श्रेष्ठले सबै स्वास्थ्यकर्मी र स्वयमसेविकाकाे सहयाेगमा याे कार्यक्रम गर्न सम्भव भएकाे जानकारी दिए । ‘यसकाे दिगाेपनाकाे लागि हामी सबै सराेकारवाला लाग्नुपर्छ’, उनले भने । मेलम्ची नगरपालिकामा बाल मृत्युदर र मातृ मृत्युदर समेत घटेकाे उनले बताए ।

कार्यक्रम मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङकाे अध्यक्षता, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अशाेक कुमार भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयमसेविका लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले राखेकि थिइन । कार्यक्रमकाे सञ्चालन सिनियर अहेव ज्ञानेन्द्र सिग्देलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय