BREAKING
प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी | स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्न प्रदेश सरकार लागि परेको छ : मन्त्री थापा | स्वास्थ्य सेवा सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध” : थापा मगर | मेलम्चीमा राष्ट्रपती रनिङ शिल्ड सुरु, खेलमार्फत सिकाइ र अनुशासनमा जोड | शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण |

मेलम्ची नगरपालिका–११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा पुनः उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई निरन्तरता दिएको छ।
विद्यालयका अनुसार यस वर्ष सिन्धुपाल्चोक जिल्लाबाट ४.० जीपीए प्राप्त गर्ने ३ जना विद्यार्थीमध्ये २ जना विद्यार्थी प्रगति अंग्रेजी माध्यमिक विद्यालयकै रहेका छन्। साथै, परीक्षामा सहभागी १६ जना विद्यार्थीमध्ये ९ जनाले ३.६० भन्दा माथिको जीपीए हासिल गरेका छन्। यस उपलब्धिले विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको विद्यालयले जनाएको छ।
विगत वर्षहरूमा झैँ यस वर्ष पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय परिवारले विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण, अनुशासन र गुणस्तरीय शिक्षण पद्धतिका कारण यो सफलता सम्भव भएको हो।
विद्यालयका प्रिन्सिपल ऋषि नेपालले नतिजाप्रति खुशी व्यक्त गर्दै यो सफलता विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासको प्रतिफल भएको बताउनुभयो । केवल शैक्षिक अंकमा मात्र नभई विद्यार्थीको चरित्र निर्माण र उज्ज्वल भविष्यतर्फ पनि केन्द्रित रहेको भन्दै नेपालले आगामी दिनमा अझ उत्कृष्ट नतिजासहित विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्य रहेको बताउनुभयो ।
विद्यालयले सबै सफल विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै मेहनती शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गरेको छ। “Education Towards Excellence” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यालयले मेलम्ची क्षेत्रमा गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय