BREAKING
पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी | स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्न प्रदेश सरकार लागि परेको छ : मन्त्री थापा |

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ले यस वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गरेका १४४ जना विद्यार्थीलाई सम्मान गरेको छ। गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मानपत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको शिक्षा शाखाले जनाएको छ।

कार्यक्रमअनुसार एसइईमा ए प्लस ग्रेड ल्याउने उत्कृष्ट पाँच विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यसैगरी अन्य उत्तीर्ण विद्यार्थीहरुलाई पनि सम्मानपत्र प्रदान गर्दै आगामी अध्ययन यात्राका लागि शुभकामना दिइएको थियो।

गाउँपालिकाले कक्षा ८ का उत्कृष्ट तीन विद्यार्थीलाई समेत जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको जनाएको छ। विद्यार्थीहरुको मनोबल वृद्धि गर्दै शिक्षा क्षेत्रको विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाको भनाइ छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामा ले शिक्षा समाज र राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्नुभयो। गत वर्ष जिल्लामा पहिलो स्थान हासिल गरेको गाउँपालिका यस वर्ष केही विद्यालयको कमजोर नतिजाका कारण दोस्रो स्थानमा सीमित हुनुपरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। कमजोर नतिजा आएका विद्यालयहरुले आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

अध्यक्ष लामाले शिक्षा मन्त्रालयका केही निर्णयले विद्यार्थीको भविष्यमा असर पारिरहेको टिप्पणी गर्दै आइतबार बिदा दिने सरकारी निर्णय भूगोलअनुसार उपयुक्त नभएको धारणा राख्नुभयो। गाउँपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि केही विद्यालयले कार्यान्वयन नगरेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाँले विद्यार्थीहरुलाई केवल प्रमाणपत्रमा सीमित नभई व्यवहारिक ज्ञान, सीप र नैतिक शिक्षामा पनि ध्यान दिन आग्रह गर्नुभयो। आगामी दिनमा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि छात्रवृत्ति तथा अन्य प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपाध्यक्ष सुनिता अधिकारी ले सफलतासँगै जिम्मेवारी पनि बढ्ने बताउँदै विद्यार्थीहरुलाई लक्ष्य स्पष्ट बनाएर अघि बढ्न सुझाव दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल ले गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी गरिरहेको जानकारी दिँदै भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा गुणस्तरीय शिक्षामा विशेष ध्यान दिइएको बताउनुभयो।

सम्मानित विद्यार्थीहरुले गाउँपालिकाबाट प्राप्त सम्मानले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। उनीहरुले यस्तो कार्यक्रमले आगामी अध्ययनमा अझ मेहनत गर्न प्रेरणा मिलेको बताएका छन्।

कार्यक्रममा उत्प्रेरणात्मक वक्ताका रुपमा सहभागी सौनक भट्ट ले विद्यार्थीहरुलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षणमूलक जानकारी दिनुभयो। उहाँले मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले अध्ययनमा असर पार्न सक्ने भन्दै समयको सदुपयोग गर्न सुझाव दिनुभयो। साथै पढाइसँगै नेतृत्व क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञान विकास गर्नुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका सामाजिक विकास समितिका संयोजक काले गोले को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय