BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

मेलम्ची, सिन्धुपाल्चाेक । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानित भएका छन ।

हिमालय टेलिभिजनमा आवद्ध सागर खड्का र गोरखापत्रकर्मी चित्र मिजारलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आज इन्द्रेस्वरी माध्यमिक विद्यालयमा आयोजित स्वर्ण महोत्सवमा उनिहरुलाई सम्मान गरिएको संस्थाका सचिव शुदर्शन पाण्डेले जानकारी दिए ।

प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका दुई पत्रकारले पाएका हुन् । इन्द्रेश्वरी मावि मेलम्चीको ५० औं वार्षिकोत्सवको अवसरमा खड्का र मिजारलाई पुरस्कार स्वरुप ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो ।

हुतराज अर्धचन्द्र जनहितकारी संस्थाबाट दिवंगत हुतराज अर्धचन्द्र स्मृति छात्रवृति, उक्त संस्थाबाट दिवंगत माताद्वय महालक्ष्मी र युक्तकुमारी स्मृति छात्रवृत्ति, दिवंगत सत्यचन्द्र विष्णु लक्ष्मी स्मृत्ति छात्रवृत्ति र योगराज स्मृति छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय