BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

युक्रेनविरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको घटनालाई लिएर अमेरिकाले रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू आर्कटिक सर्कल जेलमा नाभाल्नीको मृत्यु भएको एक हप्तापछि घोषणा गरिएको हो ।

यसअन्तर्गत करिब एक सय कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति बिडेनले विज्ञप्ति जारी गरेर भनेका छन् कि यी प्रतिबन्धहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमण र देशमा गरेको दमनको लागि ठूलो मूल्य चुकाउनु पर्ने निश्चित गर्नेछ ।

युरोपेली संघले रुसलाई हतियार खरिद गर्न सहयोग गरेको आरोपमा २०० कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसको जवाफमा रुसको विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाइएको ईयूका अधिकारी र नेताहरूको सूची विस्तार गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय