BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

चौतारा साँगाचोकगढी नगरपालिका—१०, लप्सेमा रहेको  विष्णु कृषी एग्रो फार्ममा आगलागी हुँदा करिब २०० बाख्रा जलेर मरेका छन् । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।

सञ्चालक विनोद खड्काका अनुसार आगलागीबाट रु १ करोड ५० लाख बराबरको क्षति भएको छ । गएराति करिब १ बजे हाई भोल्टेजका कारण विद्युत् लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

स्थानीय मीनराज गिरिका अनुसार वैदेशिक रोजगारबाट फर्किएका विनोद खड्काले विष्णु कृषी एग्रो फाम सञ्चालन गरेका थिए । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका विनोद खड्काले करिब एक करोड लगानी गरेर बयर जातका बाख्रा फाम सञ्चालन गर्दै आएका थिए ।

आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रा पालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको डेढलाख देखि दुईलाख सम्म मूल्य पर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय