BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नं ४ पिप्ले स्थित मंगोल पशुपालन तथा कृषि फर्ममा आगलागी भएकाे छ । आगलागी बाट लाखाैँकाे क्षति भएकाे छ ।

मेलम्ची ४ का विशाल तामाङकाे फर्ममा आगलागी भएकाे हाे । रातकाे अन्दाजी २ बजे आगलागीकाे घटना भएकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।

२ तल्ले काठ र जस्ताकाे फर्ममा आगलागी हुँदा त्यहाँ रहेकाे एउटा भैंसी मरेकाे छ । २ भैंसी र १ पाडा गम्भीर घाइते भएकाे प्रहरीकाे भनाई छ ।

‘राति २ बजे तिर व्यापक आगलागी भइ धनमाल र पशु चौपाया लगायत पुर्ण क्षती भएकाे छ’, स्थानिय सिर्जना घिमिरेले भनिन । स्थानीय, मध्यपहाडी लोकमार्गका कर्मचारी र APF को सहयोगमा आगलागी नियन्त्रण गरि मानविय तथा थप क्षती हुन बाट जोगिएको स्थानियले बताएका छन ।

करेन्ट सर्ट भइ आगलागी भएकाे प्रहरीकाे अनुमान छ । आगलागी बाट भएकाे क्षतिकाे यकिन विवरण संकलन गर्ने क्रम जारी रहेकाे प्रहरीकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय