BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

मेलम्ची । टुकिसंघ सुनकाेशीले मेलम्ची नगरपालिकालाई १ लाख १८ हजार बराबरकाे सामाग्री प्रदान गरेकाे छ ।

आज एक कार्यक्रमका बिच टुकी संघ सुनकाेशी र ह्यान्डीक्याप इन्टरनेशनल बाट अपाङ्गता भएका महिला बालबालिका तथा संकटासन्न ब्यक्तिहरूकाे स्वास्थ्य पुनर्स्थापना, आर्थिक तथा सामाजिक समावेशीता सेवामा पहुँच बृद्वि परियाेजना अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरूकाे तथ्याङ्क ब्यबस्थापन तथा परिचयपत्र सहज तरिकाले उपलब्ध गराउन डेक्सटप कम्प्युटर १ सेट, कलर प्रिन्टर १ सेट, युपियस १ सेट, हार्ड डिस्क १ सेट प्रदान गरेकाे हाे ।

सुचना प्रविधि सहयाेग कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाकाे स्थानिय अपाङ्गता समन्वय समिति र महिला बालबालिका तथा समावेशीकरण शाखालाई उक्त सहयाेग गरेकाे परियाेजना सल्लाहकार महेन्द्र कार्कीले जानकारी दिए ।

परियाेजना सल्लाहकार महेन्द्र कार्कीले मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रदान लाई साे सामाग्री हस्तान्तरण गरेका हुन । साे सामाग्रीले अपाङ्ग परिचयपत्र तथा ज्येष्ठ नागरिक परिचयपत्र प्रिन्ट गर्न सहज हुने महिला बालबालिका तथा समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय