BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षयश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ ।

विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डितद्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत पाठ पारायण र कथा विस्तार भएको थियो । भक्तजनहरूले दिवंगत पितृहरूको उद्दार र मोक्षको कामना सहित दान/भेटी समेत प्राप्त भएको छ । दान/भेटी बापत ३६ लाख रुपैंया संकलन भएको छ ।

महायज्ञमा इन्द्रावती गाँउपालिकाको तर्फवाट ५ लाख २५ हजार सहयोग गरेको छ । व्यक्तिगत तर्फ सर्वाधिक दान राशी इन्द्रवती १० का समाजसेवी एवं राप्रपा नेता दईन्द्र बहादुर ठकुरीले १ लाख ६१ हजार दान गरेका थिए । १ लाख बढी दान गर्ने ५ जना रहेका छन । करीब ५०० जना दानविर हरुवाट नगद दान भएकोमा ३०० भन्दा बढीले ३ हजारभन्दा माथी दान गरेका हुन ।

विहिवार समापन कार्यक्रमको अवसरमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विषेश अतिथि दईन्द्र बहादुर ठकुर रहेका थिए भने ऋषिराम भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रावती १० बाट बसाई सरी हेटौडा, काठमाण्डौ लगायतका जिल्लामा गएका ब्यक्तिहरू समेत महायज्ञमा सहभागी भएको वडा अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय