BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

शेर्माथाङ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चाेककाे चाैथाे अधिवेशनकाे उद्घाटन समाराेह सम्पन्न भएकाे छ ।

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ काे प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चाेकका अध्यक्ष नुर्वु लामा शेर्पाकाे सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चाेककाे आयाेजनामा हेलम्बु गाउँपालिका वडा नं २ शेर्माथाङमा अधिवेशन शुरू भएकाे हाे । उद्घाटन कार्यक्रमकाे अवसरमा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ, विशेष अतिथि, अतिथि लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले मुलुककाे संविधान प्राप्तीमा आदिवासी जनजाती काे याेगदान अतुलनिय रहेकाे बताएका छन । विभिन्न जनवर्गिय संगठनकाे आन्दाेलनले आदिवासी जनजातीमा जागरण पैदा गराएकाे उनकाे भनाई छ । क्रान्तीलाई पूरा गर्न बर्गिय संगठनहरू बनेकाे उनकाे भनाई थियाे ।

‘माओवादिले जातिय माेर्चा नबनाएकाे थियाे भने कांग्रेस र एमालेले पनि बनाउँदैनथ्याे’, मन्त्री तामाङले भने । अहिलेकाे उपलब्धिकाे मुल श्रेय आदिवासी जनजातीकाे याेगदान लाई जाने तामाङले बताए । ‘आदिवासी जनजातीकाे याेगदान विना राज्य ब्यबस्था प्राप्त हुँदैनथ्याे’ मन्त्री तामाङले भने ।

आदिवासी जनजातीकाे साझा समस्या समाधान गर्न सबै एकजुट हुनु जरूरी रहेकाे उनले बताए । ‘हामी माथी विभेद छ । हिजाे कानुनी रूपमै विभेद थियाे तर अहिले ब्यबहारमा अझै विभेद छ’, तामाङले थपे ‘हामी लड्ने भनेकाे प्रवृत्ति बिरूद्व हाे । जसले पहिचानकाे मुद्वा बेवास्ता गर्छ, हामी त्यसका बिरूद्व बाेल्नुपर्छ’ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष ग्याल्जेन शेर्पाले महासंघले पहिचानकाे मुद्वामा काम गरिरहेकाे बताए । जिल्ला र प्रदेशकाे हुन नसकेकाे अधिवेशन गराइरहेकाे बताउँदै उनले सरकारले आदिवासी जनजातीकाे हक हितकाे लागि पनि बजेट विनियाेजन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री निमा लामा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङ्मि शेर्पा, नेपाल आदिवासी जनजाती महासंघ बागमती प्रदेश अध्यक्ष काजिमान थिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शेर्पा, थामी, नेवार, तामाङ लगायतका जातजातीकाे आ आफ्नाे भाषाकाे प्रस्तुती देखाइएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय