BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

बाजुराको बडिमालिका नगरपालिका वडा नं ७ मा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ ।

आफ्ना छोराछोरी सामुदायिक विद्यालय पढाउने शिक्षक तथा विद्यालय कर्मचारीलाई एक समारोहकाबीच नगरपालिकाले सम्मान गरेको हो । आफूले पढाउने विद्यालयमा आफ्ना छोराछोरी पढाए बापत शिक्षक र कर्मचारीलाई सम्मान गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

बडिमालिका नगरपालिका वडा नं. ७ को आयोजनमा एक औपचारिक कार्यक्रमकाबीच शिक्षक र विद्यालय कर्मचारीलाई सम्मान गरिएको हाे । सम्मानित हुनेमा सरस्वती आधारभूत विद्यालय बडिमालिका –७ ढम्कनेका नि.मा.वि. शिक्षक बल बहादुर रोकाया, सरस्वती आधारभूत विद्यालय बडिमालिका–७ ढम्कनेका कम्प्युटर शिक्षक लालकेश रोकाया, सरस्वती आधारभूत विद्यालय बडिमालिका–७ ढम्कनेका विद्यालय परिचर टेक बहादुर रोकाया रहेका छन् ।

त्यसैगरी ज्ञानोदय माद्यामिक विद्यालय बडिमालिका–७ रजातोलीका प्रधानाध्यापक विजयराम पाध्याय, इसिडि स.का. दुर्गा कुमारी पाध्या(पाण्डे), लेखापाल  देवराज पाध्यायलाई सम्मान गरिएको छ । लक्ष्मी माद्यामिक विद्यालय ब.न.पा.७ जिल्लीका लेखापाल रण बहादुर वि.क., शिक्षक प्रेमलाल पाध्यायलाई सम्मान गरएको छ । शिक्षक तथा विद्यालय कर्मचारीलाई प्रमाण पत्रसहित सम्मान गरिएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय