BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नं २ काे स्वास्थ्यचाैकीकाे भवन शिलान्यास भएकाे छ । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले भवनकाे शिलान्यास गरेका हुन ।

३८ लाख ८६ हजार मा बन्न लागेकाे साे भवन ३ काेठा र एक हल सहित पार्किङकाे राम्राे व्यबस्था हुने बताइएकाे छ । असार २१ गते सम्म बनिसक्ने साे भवनकाे उपभाेक्ता समिति मार्फत काम हुन लागेकाे हाे ।

साे स्वास्थ्य चाैकी वडा नं २ काे केन्द्र भागमा बन्न लागेकाे र यसबाट वडाबासीलाई धेरैनै राहत हुने वडा अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिए । ‘स्वास्थ्य चाैकी सेन्टरमा छ, सडककै छेउमा छ, बाटाे पिच भएपछि चाैतारा चाँडाे पुगिन्छ’, उनले भने ।

स्तरउन्नती गर्दै जाँदा २४ सै घण्टा चल्ने स्वास्थ्य चाैकी बनाउने आफ्नाे लक्ष्य रहेकाे उनले बताए । पुर्व स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेतकाे पहलमा बजेट बिनियाेजन भएकाे गिरिले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि माेहन बहादुर बस्नेतले एकै बर्षमा सिन्धुपाल्चाेकमा ३९ वटा स्वास्थ्य चाैकी भवनकाे लागि आफु मन्त्री हुँदा बजेट बिनियाेजन गरेकाे बताए । ‘याे नेपालकै ईतिहास हाे’, उनले भने । याे भवन चाँडै बनिसक्ने बस्नेतले बिस्वास ब्यक्त गरे ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद कृष्ण कुमार तामाङ, इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ, शैक्षिक अभियन्ता माेहन गिरि लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन समाजसेवी तथा नेपाली कांग्रेसका नेता शिव सुनारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय