BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सुनकोशी गाउँपालिका-६ अन्तर्पुमा वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ ।

स्थानीय रामबहादुर कार्कीको घरमा आगलागी हुँदा २० लाख रुपियाँ बराबरको धनमाल, पशु चौपाया को क्षति भएको थियो । आगलागीमा १५ वटा बाख्रा, अन्नपात, लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

आगलागी पीडितलाई सुनकोशी–६ मा रहेको महेन्द्रदोक्ष माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुद्वारा संकलित ४ लाख ५४ हजार रुपैयाँ पीडितको घरमा नै पुगेर हस्तान्तरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य माधव सापकोटा, प्रदेश सांसदहरु मसिना खडका, अमृता नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, पूर्व विद्यार्थी तदर्थ समितिका संयोजक आरएस भण्डारी लगायतले पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको थियो ।

दुःखमा राजनीति नगरौँ र यस्ता सामाजिक अभियानमा सबैले सहयोग गरौँ भन्ने भावनाका साथ सबै नेताहरूलाई एकै ठाउँमा भेला गरिएको पूर्व विद्यार्थी समाजका संयोजक भण्डारीले बताए ।

दुःख र विपत्तिमा सबैले सहयोग गर्नुपर्ने र आफूहरूको तर्फबाट पनि सबै सहयोग गर्ने सांसद सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय