BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चाेक । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची बजारमा कार्यालयको उद्घाटन गरेका हुन ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिका विच सँधै समन्वय रहेको बताए । उनले उपभोक्ता हित संरक्षण मन्चलाई प्रत्येक बर्ष केहिमात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै आइरहेको जानकारी दिए । तामाङले उपभोग्य सामान बजारीकरण गरेर नागरिकलाई स्वस्थ्य राख्नु नगरको उदेश्य रहेको बताए । प्रमुख तामाङले यहाँ उत्पादन भएका भएका बस्तुहरुलाई बजारिकरणका लागि नगरपालिकाले नीति बनाएर अगाडी बड्ने जानकारी दिए ।

त्यस्तै उपप्रमुख उमा प्रधानले उपभोक्ता हित संरक्षण मञ्चले अहिले सम्म सबैको मन जित्ने काम गर्दै आएको बताइन ।  उनले आगामि दिनमा पनि नागरिकसँग प्रत्यक्ष सम्बन्धित काम भएका कारण यसले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरिन  ।

मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानियाँले कार्यालय स्थापनाले काम गर्न सहज हुने बताउँदै मेलम्ची नगरपालिकासंग सहकार्य गरेर अझै काम गर्ने बताए । उपभोक्ताको बिषय र बजार व्यवस्थापनको जिम्मेवारी अतिनै महत्वपूर्ण काम रहेको बताउँदै संस्थाको कार्यलाई  दिगो बनाउन लाग्न आग्रह गरे । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीका अध्यक्ष सालीकराम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय