BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चोकमा १२औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि मेलम्चीमा सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा भएको उद्घाटन समारोह समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा सम्पन्न भएको हो । विगतका वर्षहरूमा चौताराको टुँडिखेलमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पहिलोपटक मेलम्चीमा आयोजना गरिएको हो । प्रतियोगिता मेलम्चीमा आयोजना हुनुलाई स्थानीय जनप्रतिनिधिहरूले सकारात्मक रूपमा लिँदै खुसी व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा यस्तो महत्वपूर्ण जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमा खेलकुदको विकास, खेल पूर्वाधार विस्तार र नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख उमा प्रधानले पनि प्रतियोगिता मेलम्चीमा हुनुले यहाँका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूमा नयाँ उत्साह थपिएको बताउनुभयो । कार्यक्रममा विभिन्न अतिथिहरूले खेलकुदलाई केवल जित–हारको प्रतिस्पर्धामा सीमित नराखी सिकाइ, अनुशासन र सहकार्यको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्न प्रयास गर्न आग्रह गर्नुका साथै पराजयलाई निराशाको रूपमा नभई अनुभव र आगामी सफलताको आधारका रूपमा लिन सुझाव दिएका थिए । यस्तो दृष्टिकोणले खेलाडीको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रतियोगिता मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले प्रशासनको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उक्त प्रतियोगितामा जिल्लाका  १२ वटा मध्य १० वटा स्थानीय तहको सहभागिता रहेको आयोजकले जनाएको छ । एथलेटिक्स, भलिबल,कबड्डि,कराँते,उस्सु,लगायत विभिन्न विधाका खेलहरू समेटिएको प्रतियोगिता ११ गते सम्पन्न हुने समितिका अध्यक्ष दंगालले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन आयोजित मार्चपास प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिका प्रथम भएको छ भने अन्य पालिकाहरूले पनि आकर्षक प्रस्तुति दिएका थिए । जिल्ला स्तरीय यस प्रतियोगिताले स्थानीय स्तरमै खेलकुद गतिविधि विस्तार गर्नुका साथै ग्रामीण भेगबाट नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, खेलमार्फत स्वस्थ जीवनशैली, अनुशासन र आपसी सद्भाव प्रवद्र्धन हुने विश्वास गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय