BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मेलम्ची आयोजनामा पुराना दलका सबै नेताको खराब साइनो जोडिएको बताएका छन् ।

उनले ठूला आयोजनामा हुने भ्रष्टाचारका तीन तरिकाबारे प्रस्ट पार्दै मेलम्ची विकृती, कुशासन, ढिलासुस्ती र भ्रष्टाचारको डरलाग्दो प्रतिक बनेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट राष्ट्रब्यापी दबाब यात्रा सुरु गरेको छ ।

जसका लागि रास्वपाले २१ ओटा रुगण आयोजनमा दबाब दिने बताइएको छ । र सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट उक्त दबाब यात्राको सुरुवात गरिएको हो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले भने,‘मेलम्ची विकृती, कुशासन, ढिलासुस्ती र भष्ट्राचारको डरलाग्दो प्रतिक बनेकाे छ । यो छान्नु रणनीतिक योजना पनि हो । १९७२ मा कल्पना गरिएको आयोजना । त्यतिबेला हामी जन्मिएका पनि थिएनौँ । ०४७ सालमा कृष्णप्रसाद भट्टराईले खुलामञ्चमा मेलम्चीको पानी काठमाडौँ ल्याएर सडक पनि पखाल्छु भनेर गरेको भाषणमा म आफैँ उपस्थित थिएँ । त्यतिबेला कल्पना गरिएको यो आयोजना भ्रष्टाचारको जननी नै भएर आयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय