BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं ४ स्थित नवलपुर माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयाेग दिएका छन ।

शाेमवार टाकुरे आगलागी पिडित श्री टाकुरे आ. वि. का प्रधानाध्यापक सावित्री गजुरेललाई नवलपुर माविका शिक्षक, कर्मचारीहरू बाट संकलित रकम हस्तान्तरण गरिएकाे हाे । ‘माघ १९ गते उहाँको घर र कुखुरा फर्ममा भएको आगलागि बाट पुग्न गएकाे क्षति प्रति दु:ख व्यक्त गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेका छाैँ’, नवलपुर माविका प्रधानाध्यापक धर्मकुमार खाेखालीले भने ।

नवलपुर मावि परिवारकाे तर्फबाट संकलित २१ हजार ६ सर ५ रूपैयाँ पिडितलाई दिइएकाे छ । १६ जना शिक्षक- कर्मचारी हरूबाट साे रकम संकलन गरिएकाे हाे । विद्यालयले यस अघि नै ४ हजार सहयोग गरिसकेको जानकारी दिइएको छ ।

शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरकाे क्षति भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय