BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दिपक खड्काले सरकारी माेटरसाइकल फिर्ता गर्ने निर्णय गरेका छन । जनप्रतिनिधि भए पश्चात उपभोग गर्दै आएको सरकारी मोटरसाईकल उनले मंगलवार देखि गाउँपालिकालाई फिर्ता दिने निर्णय गरेका हुन ।

‘मैले जनप्रतिनिधि भए पश्चात उपभोग गर्दै आएको सरकारी मोटरसाईकल आजको मितिमा गाउँपालिका फिर्ता गर्ने निर्णय गरेको छु’, सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै उनले भने ।

‘परिवर्तन र सुशासन आफैबाट सुरु गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै विगतमा लिँदै आएको मोटर साईकल सुविधा फिर्ता गरि खर्चमा मितव्यीता कायम गरि आर्थिक अनुशासन कायम गर्न सघाउ पुग्छ भन्ने विश्वास गरेको छु’, खड्काले भने ।

गाउँपालिकाको मर्मत, ईन्धन लगायत शिर्षकमा वढ्दो खर्चको कारणले यो निर्णय लिएको उनले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय