BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची, सिन्धुपाल्चाेक । ४ महिने व्यवसायीक टेलर सम्बन्धि तालिमको आज समापन गरिएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा मेलम्चीमा आयोजित ४ महिने सिलाई कटाई तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गाउँमै स्वरोजगार बन्न चाहनेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताए ।

तामाङले व्यवसायीक रुपमा लाग्नेलाई नगरले थप तालिमको ब्यबस्था गर्ने जानकारी दिए । यसबाट  आयआर्जनमा टेवा पुग्ने उनको विश्वास छ । सरकारले पटक पटक गरेर तालिममा लगानी गरेकाले यसको सदुपयोग गर्न प्रमुख तामाङले आग्रह गरे । तामाङले साझेदारीमा सामाग्री समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका २४ जना सिमान्तकृत, जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।

तालिममा सहभागि मेनुका कोइरालाले मेसिनको लागि नगरले सहयोग गरे अझ सामुहिक रुमपमा काम गर्न सकिने बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय