BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची, सिन्धुपाल्चाेक । अंग्रेजी माध्यममा पठनपाठन नगराए विद्यालयलाई मेलम्ची नगरपालिकाले दिने अनुदान कटाैती गर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताएका छन ।

संस्थागत विद्यालय सरह अंग्रेजी माध्यममा पठनपाठन गराउन मेलम्ची नगरपालिकाले जनता मावि, सातकन्या मावि, तेर्से मावि, रक्तकालि आवि लगायत अन्य विद्यालयमा सुरूवात गरिसकेकाे प्रमुख तामाङले जानकारी दिए ।

मेलम्ची नगरपालिका वडा नं ११ द्वारा आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख तामाङले इन्द्रेश्वरी माविलाई अंग्रेजी माध्यममा पठनपाठन काे शुरूवात गर्न निर्देशन दिए । मेलम्ची नगरपालिकाकाे मेलम्ची शिक्षामा प्रथम हुनुपर्ने धारणा राख्दै तामाङले नेपाली बाहेकका अन्य विषय अंग्रेजी माध्यम बाट पढाउन शुरू गर्न इन्द्रेश्वरी माविका प्रधानाध्यापक देवि श्रेष्ठलाई निर्देशन दिएका हुन ।

अंग्रेजी माध्यममा पठनपाठन नगरे नगरपालिकाले दिने अनुदानमा कटाैती गर्ने भन्दै संस्थागत विद्यालय संग प्रतिस्पर्धा गरेर सरकारी विद्यालयले गुणस्तरिय शिक्षा आर्जन गर्नुपर्ने धारणा राखे ।

तेर्से माविकाे उदाहरण दिँदै प्रमुख तामाङले भने ‘सरकारी विद्यालय संस्थागत विद्यालय भन्दा कमजाेर छैनन्’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय