BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १० स्थित बुढिचौरमा जापान एसियन एसोसियसन एन्ड एसियन फ्रेन्डसिप सोसाईटि (ज्याफ्स) द्वारा नव निर्मित बुढिचौर सामुदायिक भवन समुदाय स्तरमा हस्तान्तरण भएको छ ।

मंगलबार बुढिचौरमा आयोजित एक कार्यक्रममा जापानीज राजदुत श्री किकुता युतकाले उक्त भवन उद्घाटन तथा हस्तानतरण गरेका हुन् । भवन हस्तान्तरण गर्दै राजदुत युतकाले नेपाली समुदायले देखाएको उत्साहको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन कृषी खानेपानि लगायतका क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।

ज्याफ्सले इन्द्रावती गापामा खानेपानी लिफ्टीङ, भुकम्पको बेलामा राहत उद्धार तथा अस्थायी आवास, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा विगत लामो समयदेखी काम गर्दै आएको उल्लेख गर्दै राजदुत युतकाले स्थानिय समुदाय तथा स्थानिय सरकारको निर्नतर साथ र सहयोगको अपेक्षा गरेको बताए ।

लामो समयदेखी ज्याफ्ससँग समन्वय गरिरहेका इन्द्रावती १० का पुर्व वडाध्यक्ष जिवनकुमार थापामगरले अब ज्याफ्स लगायत सबै संघ संस्थाका सामाजिक कार्यहरु नव निर्मित सामुदायीक भवनबाट सञ्चालन हुने बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनीधी सहयोगी संस्थाका प्रतिनिधी अन्य संघ संस्थाका प्रतिनिधी समाजसेवी लगायत स्थानियहरुको भव्य उपस्थिती रहेको इन्द्रावती १० का वडाध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय