BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाले संघिय शिक्षा ऐन तथा नियमावली संग बाझीने गरि सामुदायिक विद्यालयका ‘प्रधानाध्यापक छनाैट प्रकृया’ अघि बढाएकाे भन्दै साे प्रकृया स्थगन गर्न नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले अपिल गरेकाे छ ।

सम्मानित उच्च अदालतमा मुद्वा दायर भइसकेकाे र साे मुद्वा किनारा नभइसकेकाे अवस्था रहेकाे कांग्रेस द्वारा जारि गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ । शिक्षकहरूकाे पेशागत संगठन ‘नेपाल शिक्षक संघ’ले समेत प्रधानाध्यापक छनाैट प्रकृया स्थगन गर्न गाउँपालिकाकाे ध्यानाकर्षण गराएकाे छ ।

‘प्रधानाध्यापक छनाैट प्रकृया’ संघिय शिक्षा ऐन संग बाझिएकाे र साे बिषयकाे मुद्वा उच्च अदालतमा बिचाराधिन रहि मुद्वाकाे किनारा नलागी चालुमा अवस्थामा रहेकाले मुद्वाकाे नहुन्जेल तथा अदालत र शिक्षककाे पेशागत संगठन नेपाल शिक्षक संघ लगायतकाे माग अनुसार हाललाई उक्त प्रधानाध्यापक छनाैट प्रकृया स्थगनका निम्ति इन्द्रावती गाउँपालिका समक्ष नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमिति हार्दिक अपिल गर्दछ’, सभापती जीवन कुमार थापामगर द्वारा जारी गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

अदालतबाट मुद्वाकाे किनारा नलाग्दै छनाैट प्रकृया जवर्जस्ती गर्दा शैक्षिक वातावरण समेतमा असहजता हुने ध्यानाकर्षण पत्रमा भनिएकाे छ । २०८० जेठ २६ गते खुल्ला प्रतिस्पर्धा बाट प्रधानाध्यापक नियुक्ती गर्ने भन्दै गाउँपालिकाले सूचना प्रकासन गरेकाे थियाे तर आवस्यक संख्यामा आवेदन नपरेकाे भन्दै गाउँपालिकाले २०८१ बैशाख १८ गते पुन १५ दिने सूचना प्रकासन गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय