BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

पाँचपोखरी थाङपाल गाउँपालिकाको पन्ध्रौं गाउँसभाबाट आगामी आर्थिक बर्ष २०८१–०८२ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ । अध्यक्ष टासी लामाद्वारा प्रस्तुत आगामि आ.व. ०८१ ÷०८२ को नीति कार्यक्रम प्रस्तुत, नीति कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

नीति तथा कार्यक्रममा पर्यटन , लोकल रक्सीलाई ब्राण्डिङ गरिने यसको उत्पादन र बिक्रि वितरणमा प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आायातित सिल प्याक मदिरामा प्रतिबन्ध लगाईने, स्थानिय रैथाने ज्ञान शिपमा आधारित प्रविधीको प्रबर्धन, कृषि उत्पादकत्व बढाउने, प्लाष्टिक रहित पालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै महिला स्वंसेवीकाहरुको लागि थप रु ५०० रकम थप गरिने लामाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै हरेक पर्यटकिय तथा धार्मिक स्थलमा क्युआर राखी त्यस सम्बन्धि जानकारी गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै पालिका प्रवक्ता नारायण भट्टराईले आर्थिक ऐन, बिनियोजन ऐन र बजेट बक्तब्य प्रस्तुत गरे ।

आगामी आर्थिक बर्षको लागि प्रस्तुत बजेट उपर छलफल गरि असार २६ गते बुधबार बजेट परित गर्दै सभा सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय