BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ। इन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिए।

वडाध्यक्ष आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएको बताए। ‘खेर जाने तितेपातीबाट तेल बनेको छ, अब पालिकाको खेर गएको जमिनमा तितेपाती खेती गर्न प्रोत्साहन गरिनेछ’, उनले भने । पालिकाले स्थानीयलाई मेसिननद्वारा तेल बनाउन ५ दिने तालिमसमेत दिएको छ।

तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताए। तितेपातीको गुणस्तर हेरेर ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रति किलो मूल्य रहेको उनले बताए।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्न पालिका तत्पर रहेको बताए।

तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी भएको तेल उत्पादन गर्दै आएका उत्तम बज्रचार्य बताउँछन्। जिउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय