BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

 

मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन उक्त गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । गुफाडाँडा घुम्न आउनेको संख्या बढ्दै गए पनि खानाबस्नका सुविधा अभाव देखिएकाले होम स्टे सुरु गरिएको होमस्टे सञ्चालक निनामाया मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार, मेलम्ची नगरपालिकासँगको साझेदारीमा बनेको यो होम स्टेले पर्यटकलाई कम्तीमा एक दिन गुफाडाँडाको वातावरणमा रमाउने अवसर दिने बताउनुभयो । सञ्चालक मोक्तानले गुफाडाँडा मात्र नभई आसपासका क्षेत्रलाई समेत पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेकोले स्थानीय उत्पादन, संस्कृतिको अनुभव र आतिथ्य मार्फत आगन्तुकलाई आकर्षित गर्ने योजना बनाएका बताउनु भयो । यससँगै गुफाडाँडा पर्यटकीय सम्भावना सहितको नयाँ आकर्षणका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय