BREAKING
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश | सिन्धुपाल्चाेकमा स्वास्थ्य कार्यक्रम समीक्षाः पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो | सरस्वती माध्यमिक विद्यालय हेलम्बु–४मा बाल सुरक्षा तथा मानव बेचबिखन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न | एमाले पाँचपोखरी अध्यक्षमा दोकदोक तामाङ | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न | पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास सफल | मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरण रोकिने |

 

मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन उक्त गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । गुफाडाँडा घुम्न आउनेको संख्या बढ्दै गए पनि खानाबस्नका सुविधा अभाव देखिएकाले होम स्टे सुरु गरिएको होमस्टे सञ्चालक निनामाया मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार, मेलम्ची नगरपालिकासँगको साझेदारीमा बनेको यो होम स्टेले पर्यटकलाई कम्तीमा एक दिन गुफाडाँडाको वातावरणमा रमाउने अवसर दिने बताउनुभयो । सञ्चालक मोक्तानले गुफाडाँडा मात्र नभई आसपासका क्षेत्रलाई समेत पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेकोले स्थानीय उत्पादन, संस्कृतिको अनुभव र आतिथ्य मार्फत आगन्तुकलाई आकर्षित गर्ने योजना बनाएका बताउनु भयो । यससँगै गुफाडाँडा पर्यटकीय सम्भावना सहितको नयाँ आकर्षणका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय