BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको प्रमुख तामाङको भनाई थियो ।

May be an image of one or more people, dais and text that says 'නැනන गे ययाँ श्ुण एउत म ปัง elu पयोजक नगर सिन्धप 平'

इन्द्रावती गाउँपालिकाको सन्देश

कार्यक्रममा उप–प्रमुख उमा प्रधानले नगरका योजनाको अनुगमन पक्षलाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरले सञ्चालन गर्ने कार्यक्रमहरू दिगो र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अघिल्लो आर्थिक वर्षमा नगरले सम्पादन गरेका कार्य, उपलब्धि, समस्या र समाधानका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभयो ।

May be an image of one or more people
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले वडास्तरबाट गरेका कार्यको अनुभव आदानप्ररदान गर्नुको साथै सुधार गर्नुपर्ने पक्षको विषयमा सुझाव दिनु भयो । साथै, नगर क्षेत्रभित्र क्रियाशील गैरसरकारी संस्थाहरूले पनि आफ्ना–आफ्ना परियोजनाको कार्य प्रगति तथा उपलब्धिहरूको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमले नगरपालिकाको नीति, योजना र कार्यान्वयन प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ ।

May be an image of one or more people

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय