BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चाेक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित साे कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रका उपलब्धि, नवीनतम पहल, समस्या र सिकाइका विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट काम गरेका पालिकामध्ये पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो, चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका दोस्रो तथा त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयाे ।

इन्द्रावती गाउँपालिकाको सूचना

समीक्षात्मक कार्यक्रममा हेलम्बु गाउँपालिकाले जिरो होम डेलिभरी तथा नसर्ने रोग रोकथाम कार्यक्रम, सुनकोशी गाउँपालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, त्रिपुरा सुन्दरी गाउँपालिकाले महामारी रोग नियन्त्रण कार्यक्रम, मेलम्ची नगरपालिकाले न्यूनतम सेवा मापदण्ड र बाह्रबिसे नगरपालिकाले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी उत्कृष्ट कार्य गरेको पाइएको छ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका सुरक्षित मातृत्व कार्यक्रम र समुदायस्तर विशेषज्ञ आँखा स्वास्थ्य सेवा, जुगल गाउँपालिका क्षयरोग कार्यक्रम, पाँचपोखरी थाङपाल गाउँपालिकाले स्वास्थ्य फोहोरमैला व्यवस्थापन, भोटेकोशी गाउँपालिका पोषण कार्यक्रम, इन्द्रावती गाउँपालिकाले सुरक्षित मातृत्व, बलेफी गाउँपालिका समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन र लिसंखुपाखर गाउँपालिका परिवार योजना कार्यक्रमतर्फ उत्कृष्ट भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, र विषय विज्ञ अनिल थापा लगायतका सरोकारवालाको उपस्थिती थियो। समीक्षा कार्यक्रममा प्रस्तुत भएका उत्कृष्ट अभ्यास र सिकाइका बुँदाहरूलाई आगामी वर्षका योजना तथा नीति निर्माणमा समेत समेटिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय