BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका भित्र क्रियाशिल विभिन्न संघसंस्थाहरुले गरिरहेका काम,आगामी योजना,संभावना,अवसर र चुनौतीका बारेमा आआफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाले गरेका कार्य सम्पदाका बारेमा पालिका प्रशासकिय अधिकृत रामप्रसाद न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाले सन्तोष जनक काम गरिरहेको दावी गर्नुभयो ।

इन्द्रावती गाउँपालिकाको सन्देश

उहाँले शिक्षा,स्वास्थ्य,पर्यटनका क्षेत्रमा गाउँपालिकाले गर्वगर्न लायक काम गरेको उद्घोष गर्दै शिक्षा र स्वास्थ्यमा जिल्लामा पहिलो भएको बताउनुभयो ।उहाँले हालसम्मका उपलब्धि र प्रगतिलाई निरन्तरता दिन आगामी बर्षहरुमा समेत अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले सबैको साथ,सहयोग,समर्थन एकमना र एकताका कारण गाउँपालिकाले आज सुविधा सम्पन्न अन्य पालिकाहरु संग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको जिकिर गर्नुभयो । अध्यक्ष लामाले कर्तव्यनिष्ठ भएर सेवा गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल,पालिकाका प्रवक्ता नारायण भट्टराई,वडा अध्यक्षहरु,विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय