BREAKING
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना | फट्टे पुल निर्माणको बाटो खुल्दै, मन्त्री तामाङसहितको टोलीद्वारा स्थलगत अनुगमन | सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम | “ आगामी चुनावमा उम्मेदवार बन्न कसैले रोक्न सक्दैन, चुनावमा अवश्य उत्रिन्छु : निमा ग्याल्जेन शेर्पा” | हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी | पर्यटकिय स्थल आमायाङ्री जान ग्रेट ट्रेल निर्माणको तयारी, प्रदेश सरकारले बहुवर्षीय स्रोत सुनिश्चित गर्ने | बागमती प्रदेशका मन्त्रीहरु द्धारा छाप भञ्ज्याङ–फट्केश्वर सडकको अनुगमन | कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा | एनपीएलमा पाँचौं हारसँगै कर्णाली याक्स बाहिरियो | चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायिक समितिको सडक नाटक |

मेलम्ची, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–११ फट्टेमा प्रस्तावित पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढ्ने संकेत देखिएको छ। शुक्रवार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको नेतृत्वमा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान तथा सम्बन्धित वडाध्यक्षसहितको टोलीले पुल निर्माणको सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमन गरेको हो।

मन्त्री तामाङको निर्देशनसँगै पुल निर्माणको प्रारम्भिक चरणअन्तर्गत सम्भाव्यता अध्ययन (Feasibility Survey) आजैबाट प्राविधिक टोलीले सुरु गरेको छ। अध्ययनले पुल निर्माणका लागि उपयुक्त स्थान, डिजाइन र आवश्यक प्राविधिक पक्षहरूको विस्तृत विश्लेषण गर्ने जनाइएको छ, जसले परियोजनालाई कार्यान्वयनतर्फ डोर्‍याउने विश्वास गरिएको छ।

स्थलगत अनुगमनपछि मन्त्री तामाङले फट्टे पुल निर्माणले मेलम्चीका स्थानीयवासीको दीर्घकालीन समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुल निर्माणसँगै यातायात सहज हुनुका साथै व्यापार, सामाजिक सम्बन्ध र पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो। यस परियोजनाले मेलम्चीको समग्र विकास यात्रामा नयाँ गति थप्ने उहाँको धारणा थियो।

नगर प्रमुख आइतमान तामाङले फट्टे पुल निर्माण मेलम्ची नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि हुने बताउँदै यसले स्थानीय नागरिकको पहुँच विस्तार र दैनिकीलाई सहज बनाउने बताउनुभयो। उहाँले पुल निर्माणपछि पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढ्ने सम्भावना रहेको उल्लेख गर्दै यो परियोजना सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाकै लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले विकास निर्माणका काम सफल बनाउन स्थानीय जनताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पुल निर्माण प्रक्रियामा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

स्थलगत अनुगमन कार्यक्रममा उपप्रमुखसहित वडा नं. ८, ९, १० र ११ का वडाध्यक्षहरू, पूर्वाधार विकास निर्देशनालय हेटौंडाका प्राविधिक टोली, सुरक्षा निकाय, सञ्चारकर्मी, समाजसेवी, बौद्धिक वर्ग तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय