BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पुल अनुमानित बजेट रु १ करोड २४ लाख मा सम्पन्न हुने जनाइएको छ।
यस महत्वपूर्ण आयोजनाको निर्माण कार्य कादुरी एग्रिकल्चर ब्रिटिश गोर्खा वेल्फेयर, पोखराको सहयोगमा अगाडि बढाइएको हो। पुल निर्माणका लागि वडा नम्बर ३ का तत्कालिन अध्यक्ष निमाछिरिङ तामाङ, वडा नम्बर ८ का अध्यक्ष बिष्णुबहादुर खड्का, वडा नम्बर ७ का अध्यक्ष सुके तामाङ को समन्वय तथा सहजीकरणमा बजेट व्यवस्थापन सफलतापूर्वक भएको थियो।
साथै कार्यक्रममा  स्थानिय युवा राजन भुजेल, निवर्तमान वडा नम्बर २ का अध्यक्ष पासाङ स्याङबो, तथा कार्यपालिका सदस्य गीता धितालको उपस्थिति रहेको गाउँपालिकाका कर्मचारी सरोज धितालले जानकारी दिनुभयो ।

May be an image of one or more people
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टासी लामाले आफ्नो दोस्रो कार्यकालभित्रै उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार निर्माण कार्य तीव्र गतिमा अगाडि बढिसकेको छ र चार महिनाभित्र पुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।
पुल निर्माण सम्पन्न भएपछि वडा नम्बर ७ भोटेनाम्लाङ र वडा नम्बर ८ लाँगर्चे बीच सहज, सुरक्षित तथा नियमित आवतजावत सम्भव हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। लामो समयदेखि पुलको प्रतीक्षामा रहेका स्थानीय बाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूका लागि यो पुल महत्वपूर्ण र दीर्घकालीन पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।

इन्द्रावती गाउँपालिकाको सन्देश

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय