BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा आयोजित दुई दिने तालिममा ३२ जना किसान सहभागी भएका थिए। तालिममा कफीका बिरुवा रोप्ने चरणदेखि उत्पादन, सङ्कलन र प्रशोधनसम्मका विषयमा व्यवहारिक जानकारी दिइएको थियो। साथै प्राङ्गारिक प्रविधि अपनाएर गुणस्तरीय कफी उत्पादन वृद्धि गर्ने, माटोको उर्वराशक्ति जोगाउने र किसानको आम्दानी बढाउने उपायबारे समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

यसैबीच चौतारा साँगाचोकगढी नगरपालिकाले कफी उत्पादन तथा प्रशोधनलाई थप प्रभावकारी बनाउन १२ लाख रुपैयाँ लागतको कफी भुट्ने मेसिन किसानलाई हस्तान्तरण गरेको छ। उक्त मेसिनबाट स्थानीयस्तरमै कफी भुट्न सहज हुने र बजारमा प्रतिस्पर्धी उत्पादन पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

नयाँ प्रविधि र उपकरण प्राप्त भएपछि कफी उत्पादक किसानहरू उत्साहित देखिएका छन्। उनीहरूले यसले कफीको गुणस्तर सुधारसँगै बजार पहुँच र आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय