BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा आयोजित दुई दिने तालिममा ३२ जना किसान सहभागी भएका थिए। तालिममा कफीका बिरुवा रोप्ने चरणदेखि उत्पादन, सङ्कलन र प्रशोधनसम्मका विषयमा व्यवहारिक जानकारी दिइएको थियो। साथै प्राङ्गारिक प्रविधि अपनाएर गुणस्तरीय कफी उत्पादन वृद्धि गर्ने, माटोको उर्वराशक्ति जोगाउने र किसानको आम्दानी बढाउने उपायबारे समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

यसैबीच चौतारा साँगाचोकगढी नगरपालिकाले कफी उत्पादन तथा प्रशोधनलाई थप प्रभावकारी बनाउन १२ लाख रुपैयाँ लागतको कफी भुट्ने मेसिन किसानलाई हस्तान्तरण गरेको छ। उक्त मेसिनबाट स्थानीयस्तरमै कफी भुट्न सहज हुने र बजारमा प्रतिस्पर्धी उत्पादन पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

इन्द्रावती गाउँपालिकाको सन्देश

नयाँ प्रविधि र उपकरण प्राप्त भएपछि कफी उत्पादक किसानहरू उत्साहित देखिएका छन्। उनीहरूले यसले कफीको गुणस्तर सुधारसँगै बजार पहुँच र आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय