BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

इन्द्रावती गाउँपालिका वडा नं ५ स्थित पुष्पगंगा आधारभूत विद्यालयले भुकम्प गएको झण्डै ११ वर्षपछि सुविधा सम्पन्न आफ्नै भवन पाएकाे छ । २०७२ सालको महा भुकम्पले पुरानो भवन तथा साे ठाउँको जग्गा समेत काम नलाग्ने गरि क्षतविक्षत भएपछि झण्डै ११ वर्ष विभिन्न व्यक्तिको घर तथा सामुदायिक भवनमा सिकाई क्रियाकलाप सञ्चालन गर्दै आएको साे विद्यालयलाई आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरेका हुन ।

इन्द्रावती गाउँपालिकाकाे आर्थिक तथा प्राविधिक सहयोगमा स्वेच्छा निर्माण कम्पनीले निर्माण सम्पन्न गरेको साे दुई तल्ले पक्की भवन निर्माण कम्पनीकाे तर्फबाट प्रतिनिधि रामकुमार आचार्यले गाउँपालिका अध्यक्षलाई र गाँउपालिका अध्यक्षले विव्यस अध्यक्षलाई चाबी हस्तान्तरण गरिएको थियोे । भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष झम्कनाथ नेपाल, वडा नं ३ का अध्यक्ष भिमसेन थापा, वडा नं ५ का अध्यक्ष एवं पालिका प्रवक्ता शशिनाथ आचार्य, साहित्यकार जगन्नाथ आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साथै भवन हस्तान्तरणकाे उपलक्ष्यमा विद्यालयलाई जग्गा दान गर्ने जग्गा दाताहरु, पुर्व प्र. अ. हरु अम्बिका देवी आचार्य, तिर्थनाथ आचार्य तथा विभिन्न समयमा विशिष्ट याेगदान गर्ने अभिभावक र सहयाेगी संस्थाहरु समेतलाई सम्मान गरिएको थियोे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नितेश माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन शिक्षक राजेश आचार्यले गरेका थिए भने प्रधानाध्यापक भवानी नेपालबाट विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय