BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले खाद्य सुरक्षा र उपभोक्ता स्वास्थ्य संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। गाउँपालिकाले हालै सञ्चालन गरेको बजार अनुगमनबाट करिब ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ, गुणस्तरीय तथा मापदण्डअनुसार बिक्री वितरण भइरहेको निष्कर्ष निकालिएको छ।
गाउँपालिका कार्यालयको नेतृत्वमा गत पौष १४ गतेदेखि २३ गतेसम्म वडा नं. १ देखि ८ सम्मका पसल, होटल, चिया पसल तथा व्यापारी केन्द्रहरूमा बजार अनुगमन गरिएको थियो। अनुगमनका क्रममा म्याद गुज्रेका तथा अखाद्य सामग्री फेला परेपछि ती सामग्रीलाई कानुनी प्रक्रिया अनुसार सार्वजनिक रूपमा नष्ट गरिएको छ।
अनुगमनका क्रममा कुरमुरे, चिजबल, थुक्पा, बिस्कुट, खाने तेल तथा केही जंक पेय पदार्थमध्ये थोरै परिमाणमा म्याद सकिएका सामग्री भेटिएका थिए।
गाउँपालिका अध्यक्षले जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताउँदै बजार अनुगमन कसैलाई दुःख दिन नभई जनस्वास्थ्य संरक्षणका लागि गरिएको स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा अनुगमनलाई अझ नियमित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्षले बजार अनुगमन निरन्तर चल्ने प्रक्रिया भएको उल्लेख गर्दै बाँकी ५ प्रतिशत सुधारका लागि थप कडाइ गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले खाद्य सुरक्षाको विषय प्रशासनिक जिम्मेवारी मात्र नभएर जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अनुगमनलाई योजनाबद्ध, कानुनी र निरन्तर रूपमा अघि बढाइएको बताउनुभयो । व्यापारीहरूलाई सचेत बनाउँदै सुधारात्मक ढंगले अघि बढ्नु हाम्रो लक्ष्य भएको उहाँले बताउनुभयो ।
अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेका अनुसार अधिकांश व्यापारीहरूले सकारात्मक सहयोग गरेको बताउनुभयो । उहाँले अब अनुगमन सुधारात्मक तथा सचेतनामूलक ढंगले अघि बढाइने समेत जानकारी दिनुभयो ।
उक्त अनुगमनमा प्रहरी प्रशासन, गाउँपालिकाका कर्मचारी तथा अनुगमन टोलीको सक्रिय सहभागिता रहेको थियो। गाउँपालिकाले व्यापारीहरूलाई म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न र उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा म्याद र लेबल जाँच गर्न आग्रह गरेको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको यो पहल स्थानीय तहबाट जनस्वास्थ्य संरक्षणका लागि गरिएको उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ। पालिकाले गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा नियमित चेक जाँँच गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय