BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

 

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन ः समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा सम्पन्न मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, सीपमूलक र स्थानीय आवश्यकतासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्रै शिक्षा सार्थक हुने भन्दै यस्ता सिकाइ मेलाले विद्यार्थीको सिर्जनशीलता उजागर गर्नुका साथै कृषि, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रसँग शिक्षा जोड्न मद्दत पु¥याउँने बताउनुभयो ।
श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित मेलामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले शैक्षिक परियोजना, विज्ञान तथा प्रविधि सामग्री, कृषि उत्पादन, स्थानीय सीप र सिर्जनात्मक प्रदर्शनी प्रस्तुत गरेका थिए । मेलामा विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो ।

ti-1770376986.jpg
विद्यालयका प्रधानाध्यापक भानुभक्त धितालले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र व्यवहारिक ज्ञानमा उल्लेखनीय सुधार आउने बताउनुभयो ।
“पाठ्यक्रमलाई जीवनसँग जोड्ने माध्यमका रूपमा सिकाइ मेला अत्यन्त उपयोगी भन्दै विद्यार्थीहरूमा नयाँ सोच, अनुसन्धान गर्ने बानी र नेतृत्व विकासमा यस्ता कार्यक्रम प्रभावकारी देखिएको उहाँले प्रतिक्रिया दिनुभयो ।
मेलाको अवलोकनका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले स्थानीय तहमा शिक्षा, कृषि र पर्यटनलाई जोड्ने यस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

tipeni-22-1770377024.jpg
पाँचपोखरी थाङपाल गाउँपालिकाले आगामी दिनमा पनि व्यवहारिक सिकाइ, सीप विकास र स्थानीय विकासलाई केन्द्रमा राखेर यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रममा रोबर्टबाट कैँची प्रदान गरि प्रमुख अतिथिले उद्घाटन गर्नुभएको थियो । १० वटा माध्यमिक र ९ वटा आधारभुत गरि १९ वटा विद्यालय सहभागि रहेको मेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय