BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

 

विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालय, मेलम्ची द्वारा आयोजित प्रगति बाल उत्सव समारोह–२०८२ विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
समारोहका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख तामाङले शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, अनुशासन र संस्कारसँग जोड्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा, संस्कार र सीपलाई एकसाथ अघि बढाउनुपर्ने उहाँको भनाई थियो । प्रगति विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलाप र अनुशासनमा दिएको ध्यान प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले विद्यालयले बालबालिकाको प्रतिभा पहिचान गरी उजागर गर्ने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।
यस्ता बाल उत्सवले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशीलता विकासमा ठूलो योगदान पु¥याउँने उपप्रमुख प्रधानको भनाई थियो । नगरपालिकाको तर्फबाट यस्ता शैक्षिक प्रयासलाई निरन्तर साथ रहने भन्दै प्रगतिले गरेका क्रियाकलाप अन्य सामुदायिक र निजि विद्यालयलाई समेत सिकाई हुने उपप्रमुख प्रधानले बताउनुभयो ।
समारोह अन्तर्गत दीक्षान्त समारोह, कक्षोन्नति कार्यक्रम, कराते ग्रेडिङ, पुरस्कार वितरण तथा विद्यार्थीहरूद्वारा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरिएको विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्य, गीत, तथा अन्य सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । विद्यालय अध्यक्ष विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख लक्ष्मिप्रसाद रिजाल,अन्य विद्यालयका शिक्षक, अभिभावक,स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय