BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

हेलम्बु गाउँपालिका वडा नम्बर ५ च्योमथलिमामा आयोजित “सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकाले मेलम्ची –७ को नमुना एक्टिभ युथ क्लबलाई हराउँदै उपाधी उचालेको हो । तेस्रो स्थान भने जुगल गाउँपालिकाले हात पारेको छ मेलम्ची ७कै सृजनसिल लाई हराउँदै जुगल तेस्रो भएको हो ।

May be an image of one or more people and text
तागाङ च्योम्थली चित्रे गोम्देन टोल विकास समितिको आयोजना तथा हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको बिजेताले नगद १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् । खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका खानेपानी उर्जा मन्त्री कृष्णकुमार तामाङ समिरले पुरस्कार वितरण गर्नुभएको आयोजकका डेन्डुप शेर्पाले जानकारी दिनुभयो ।

May be an image of flute, dais and text

यसैबिच खेलाडिहरुले मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलाई ट्रफि हस्तान्तरण गरेको छ । टिम कोच रामचन्द्र सापकोटाको नेतृत्वमा नगर प्रमुखलाई ट्रफि हस्तान्तरण गरेको हो । नगर प्रमुख तामाङले बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले छिट्टै मेयरकप आयोजना गर्ने भएकाले तयारी गर्न समेत सुझाव दिनुभयो ।

7dc70c40-5373-4c50-9982-c4cbcc7bd600-1770814560.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय