BREAKING
मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी | स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्न प्रदेश सरकार लागि परेको छ : मन्त्री थापा | स्वास्थ्य सेवा सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध” : थापा मगर | मेलम्चीमा राष्ट्रपती रनिङ शिल्ड सुरु, खेलमार्फत सिकाइ र अनुशासनमा जोड | शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम |

मेलम्ची ।
त्रिशक्ति युवा क्लव, मेलम्ची –९ द्वारा आयोजित मेलम्ची नगर स्तरीय वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबले जितेको छ ।
रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै योङ स्टार युवा क्लबले प्रतिद्वन्द्वी टोली दुवाचौर सामुदायिक युवा क्लवलाई २५˗२१ २५˗२० र २५ ˗१७ पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा दुवाचौरकै दबदबा देखिएको छ । दुवाचौर सामुदायिक युवा क्लबले दोस्रो स्थान हासिल गर्दा दुवाचौरकै नमुना युवा क्लबले तेस्रो स्थान हात पारेको छ । उनिहरुले क्रमश १ लाख, ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यससँगै शीर्ष तीनै स्थान मेलम्ची–७ दुवाचौरका टोलीहरूले कब्जा गर्दै कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि वडा भित्र्याएका छन् ।


यो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सबै टोली एउटै वडाबाट हुनु विशेष उपलब्धि मानिएको छ । साथै, यसपटकका मुख्य सबै पुरस्कारहरू दुवाचौरमै सीमित भएका छन् ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा त्रिशक्ति युवा क्लबको आयोजनामा जनता माबिको प्राङ्गणमा भएको प्रतियोगिताले स्थानीय खेलकुद विकास, युवाहरूबीच एकता तथा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।


मेलम्ची नगर प्रमुख आइतमान तामाङले बैशाख १८ गते उद्घाटन गर्नुभएको समापन खेलमा उप प्रमुख उमा प्रधान, वडाअध्यक्ष किरणदिप खड्का लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय