BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

हेलम्बु गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका सामाजिक विकास समिति संयोजक क्षिरिङ लामाको अध्यक्षता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान प्रमुख अतिथि र वडा नं. २ का अध्यक्ष पेम्बा लामा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत निशान सापकोटालगायतले पूर्णखोप कार्यक्रमको महत्व, उपलब्धि तथा आगामी चुनौतीका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाभित्रका सातवटै वडाका स्वास्थ्यचौकी प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, खोप सहजकर्ता तथा खोप अभियानमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेनीबहादुर मोक्तानले खोप कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । स्वास्थ्य संस्थामा भएका समस्या बारे जानकारी लिदै समाधानका लागी सहयोग गर्ने बताउनुभयो ।उहाँले उहाँले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता नभई यसको दिगोपनालाई निरन्तरता दिन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।


विशेष अतिथि तथा वडा नं. २ का अध्यक्ष पेम्बा लामाले समुदायस्तरमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको बताउँदै खोपबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन सबैले जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत निशान सापकोटाले हेलम्बु गाउँपालिकाले पूर्णखोप सुनिश्चितता कायम राख्न गरेको प्रयास उदाहरणीय रहेको बताउनुभयो । सिन्धुपाल्चोकमा हेलम्बु पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने तेस्रो पालिका भएको उल्लेख गर्दै नियमित खोप सेवाको पहुँच विस्तार, अभिलेखीकरण र समुदायको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका अध्यक्ष छिरिङ लामाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै खोप सेवाको गुणस्तर र पहुँच अभिवृद्धिका लागि निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्न स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय