BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची । छिमेकी पालिकाहरु बीचको समन्वयलाई मजबुद बनाउन मेलम्ची नगरपालिकामा बैठक बसेकाे छ ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा छिमेकी पालिकाहरु बीचको समन्वयलाई मजबुद बनाउनका लागि मेलम्ची नगरपालिकामा अन्तरपालिका स्तरिय बैठक बसेकाे हाे ।

मेलम्ची नगरपालिकाकाे आयाेजनामा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिका बिच अन्तरपालिका स्तरिय समन्वय बैठक गरिएको मेलम्ची नगरपालिकाले जनाएकाे छ ।

“स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं ” भन्ने मुल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै सन्दर्भमा मंगलबार मेलम्चीमा बैठक बसेकाे हाे ।

विपदकाे समयमा एक आपसमा कसरी सहकार्य गर्न सकिन्छ भनेर बैठकमा छलफल भएकाे मेलम्ची नगरपालिकाका प्रेस सल्लाहकार युवराज पुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय