सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिका वडा नं ३ पाल्चाेकमा निर्माण हुन लागेकाे नेपालकै ठुलाे घण्ट निर्माणकाे लागी प्रकास भुजेलले २० लाख २० हजार सहयाेग दिएका छन ।
प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकास भुजेलले जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिलाई २ लाख २० हजार नगद र १८ लाखकाे चेक हस्तान्तरण गरेका हुन ।

‘बाबाकाे तर्फबाट १० लाख, आमाकाे तर्फबाट १० लाख र मेराे तर्फबाट २० हजार सहयाेग गर्छु’, श्री जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मुल समिति द्वारा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै भुजेलले भने । ‘अब म जस्ताे सहयाेग गर्नेहरू लाईन लागेर आउनेछन’, उनले भने ।
घण्ट बनाउन ३ कराेड ३० लाख खर्च लाग्ने आयाेजकले बताएकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।
